हमासको ससर्त प्रस्तावमा युद्धविराम नहुने इजरायलको जवाफ, सर्तहरू “विचित्र” भएको टिप्पणी

नेपालभ्युज

हमासको ससर्त प्रस्तावमा युद्धविराम नहुने इजरायलको जवाफ,  सर्तहरू “विचित्र” भएको टिप्पणी

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको प्रस्तावित युद्धविरामका सर्त अस्वीकार गरेका छन् । उनले हमासका सर्त अस्विकार गर्दै एक महिना भित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले युद्ध विराम नगर्ने बताएका हुन् ।

गाजामा पूर्णरुपले विजय प्राप्त गर्न एक महिना काफी रहेको नेतान्याहुको भनाइ छ । युद्धविराम प्रस्तावको जवाफमा हमासले श्रृंखलाबद्ध माग राखेपछि इजरायल लचिलो नहुने भएको हो ।

नेतान्याहुले हमासका सर्तहरूलाई “विचित्र“ भएको टिप्पणी गरेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतान्याहुले गाजामा अन्तिम विजय हासिल गर्नु बाहेक अर्को समाधान नरहेको बताए । उनले गाजामा हमास जिउँदो रहेसम्म नरसंहार भइरहने चेतावनी दिए ।

नेतान्याहुको अभिव्यक्तिपछि हमासका बरिष्ठ नेता सामी अबु जुहरीले इजरायलले गाजा क्षेत्रमा शान्ति नचाहेको प्रतिक्रिया दिएका छन् ।

यद्यपी इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता बिहीबार कायरोमा हुने अपेक्षा गरिएकोे छ । इजिप्टले सबै पक्षलाई बिना शर्त शान्ति सम्झौतामा पुग्न लचिलोपन देखाउन आव्हान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved