२ सचिवको सरुवा

नेपालभ्युज

२ सचिवको सरुवा

काठमाडौं । मन्त्रिपरिषद बैठकले २ सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले सहरी विकास मन्त्रालयका सरजुकुमार वैद्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।

गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैद्यलाई नेपाल ट्रस्टको कार्यालयबाट सहरी विकासमा सरुवा गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले सहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयका इन्जिनियरिङ समूहका सचिव मणिराम गेलाललाई दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved