धरहराको महत्त्व नबुझेकाले आलोचना गरे : शंकर पोखरेल

नेपालभ्युज

धरहराको महत्त्व नबुझेकाले आलोचना गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माण परियोजनाको महत्त्व नबुझेकाले त्यसको आलोचना गरेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत् पोखरेलले सो परियोजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमै सम्पन्न भइसकेको दाबी गर्दै दुरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले आलोचना गर्नु स्वभाविक रहेको बताए ।

काठमाडौं महानगरपालिकाले करिब एक हप्ता अघिदेखि धरहराको भूमिगत संरचना पार्किङका लागि खुला गरेको थियो ।

त्यसमा सहरी विकास मन्त्रालयले असहमति जनाएपछि सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved