ह्वाट्सएपको नयाँ फिचर, फेसबुकमा पनि स्टोरी पोस्ट गर्न सकिने

नेपालभ्युज

ह्वाट्सएपको नयाँ फिचर, फेसबुकमा पनि स्टोरी पोस्ट गर्न सकिने

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले आफ्नो प्रयोकर्तालाई स्ट्याटस सिधैं फेसबुक स्टोरीमा शेयर गर्न मिल्ने फिचर ल्याएको छ ।

एकै कम्पनी मेटाले चलाइरहेको यो एप्स र फेसबुक दुवैमा एउटा सुविधा छ । २४ घण्टाका लागि आफ्नो अडियन्सहरूलाई टेक्ट, फोटो वा भिडियो शेयर गर्न सकिन्छ । यसलाई ह्वाट्सएपमा स्ट्याटस र फेसबुकमा स्टोरी भनिन्छ ।

रोचक कुरा त के हो भने केही युजर दुवै प्लेटफर्ममा एउटै कन्टेन्ट शेयर गर्छन् । तर, दुवैमा छुट्टाछुट्टै शेयर गर्नु पर्थ्यो ।

तर, अब ह्वाट्सएपले आफ्नो युजरहरूलाई स्ट्याटस सिधै फेसबुक स्टोरीमा शेयर गर्ने अनुमति दिएको छ ।

यसका लागि तपाईंले सुरुमा आफ्नो सामाजिक सञ्जालको एकाउन्टलाई ह्वाट्सएपमा लिंक गर्नु पर्नेछ । स्ट्याटस प्राइभेसी सेटिङमा ‘शेयर माई स्ट्याटस एक्रस माई एकाउन्ट्स’ अप्सनलाई सेलेक्ट गरेर यो गर्न सकिन्छ ।

यो फिचर एक्टिभेट भएपछि तपाईंले आफ्नो स्ट्याटस दुवै प्लेटफर्ममा एकै पटक शेयर गर्न सकिन्छ । छुट्टाछुट्टै पोस्ट गर्ने झन्झटबाट मुक्त भइनेछ ।

फेसबुक एकाउन्ट पुष्टि गरेपछि ह्वाट्सएपमा स्ट्याटस अपडेट क्रियट गर्न सकिन्छ अनि एप बाहिर नआइकन सिधै फेसबुकको स्टोरीमा शेयर गर्ने अप्सन सेलेक्ट गर्न सकिन्छ ।

ह्वाट्सएप खोलेर अपडेट्स बटन सेलेक्ट गरेर च्याट्समा गएपछि यो फिचर आउँछ । स्ट्याटस अप्सनमा माइ स्ट्याटसमा ट्याप गरेर अपडेट्स सेलेक्ट गर्नुपर्छ ।

स्ट्याटस अपडेटको साइडमा तीन वटा डट देखिन्छ । त्यसमा ट्याप गरेर शेयर टू फेसबुक सेलेक्ट गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved