पोखरामा ‘धनीरामको गोरु’ (तस्वीरहरु)

नेपालभ्युज

पोखरामा ‘धनीरामको गोरु’ (तस्वीरहरु)

काठमाडौँ । एक गाउँले किसानको कथासँग जोडिएको नाटक ‘धनीरामको गोरु’ अहिले पोखरा थिएटरमा मञ्चन भइरहेको छ। ग्रामीण क्षेत्रको कृषि क्षेत्रमा देखिँदै आएको समस्या, गाउँका कृषकहरूको गुनासो र किसानहरूले परम्परागत कृषिलाई त्यागेर आधुनिकीकरणलाई अंगाल्दा भोग्नुपरेको पीडालाई नाटकमा प्रस्तुत गरिएको छ।

ग्रामीण जनजीवनमा खेतीपाती लगाउने, अर्ज-पर्म, ऐँचो-पैँचो लगाउने र पाखुरा चलाउन सक्ने युवा पिँढी विदेश भाँसिएपछि कृषिमा परेको अप्ठ्यारो अवस्थालाई समेत नाटकमा देखाइएको छ।

केदारनाथ पौडेलले लेखेको नाटक ‘धनीरामको गोरु’ पद्मप्रेम थिएटरको प्रस्तुतिमा यही माघ १८ गतेदेखि मञ्चन सुरु भएको हो।

कपिल शर्माले निर्देशन गरेको नाटकमा कलाकारहरू दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक (सुबु), ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्या अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसाल, दीपेन्द्र पौडेललगायतको अभिनय रहेको छ।

नाटक ‘धनीरामको गोरु’ पोखरा थिएटरमा यही माघ २७ गतेसम्म हरेक साँझ ५ बजे मञ्चन हुँदैछ । शनिवार पनि दिउँसो १ बजे नाटकको अतिरिक्त शो मञ्चन हुनेछ।

तस्वीरहरु:-

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved