इच्छाराज तामाङलाई तीन वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय तोकिएको छ ।

नेपालभ्युज

इच्छाराज तामाङलाई तीन वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना तोकेको छ ।

साथै, पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ जरिवाना निर्धारण गरिएको छ ।

यसअघि माघ ७ गते सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर भएका थिए ।

२०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सृजना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved