हेलिकप्टर दुर्घटना, २ पाइलटको मृत्यु

नेपालभ्युज

हेलिकप्टर दुर्घटना, २ पाइलटको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । दक्षिणपूर्वी गाजियनटेप प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा टर्कीका दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनाबाट एक प्राविधिक घाइते भएको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका हुन् ।

सुरक्षा उड्डयन विभागको महानिर्देशनालयको सूचीमा दर्ता गरिएको हेलिकोप्टर, नुरदागी जिल्लाको कारताल गाउँमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर दक्षिणी हाते प्रान्तबाट प्रस्थान गरेको थियो ।

अन्तिम पटक १०ः४९ मा सम्पर्कमा आएको थियो । घटनास्थलमा धेरै जन्डरमेरी, फायर ब्रिगेड र मेडिकल टोलीहरू पठाइएको छ । घाइते प्राविधिकलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । हाल दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved