लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

नेपालभ्युज

लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । देशभरका विभिन्न ठाउँबाट अवैध लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका–२६ स्थित होटेल सनराईज इनबाट अवैध लागूऔषधसहित केही पक्राउ परेका छन् ।

खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु १ थान, नगद ८५ हजार रुपैयाँ र मोबाइल १ थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीम राज श्रेष्ठ पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ४४ वर्षीय निर बहादुर गुरुङलाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ४५० मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१५ चमतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ८ सय ६१ ट्याब्लेट र नगद ८ हजार रुपैयाँसहित सिन्धुपाल्चोक साँगाचोक गाउँपालका–८ घर भई काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने २९ वर्षीय सरोज खड्का समेत २ जना बिहीबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १५ मिलिग्रामसहित सोही नगरपालिका–३ झण्डीनगर बस्ने १९ वर्षीय इन्तेयाज पनि पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ४० मिलिग्रामसहित सुनसरी बराहा नगरपालिका–३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा ७७ प ९७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बुढाथोकीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका–१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित तेह्रथुम छतर गाउँपालिका–५ बस्ने ४६ वर्षीय नर्बदा लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–७ कलुवापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय विजय राना रहेका छन् । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले नसिबको कोठाको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका–३ बाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अजय राजवंशी र सोही नगरपालिका–४ बस्ने २२ वर्षीय कृष्णा कुमार थापा रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved