बाँसबारी जग्गा हिनामिना प्रकरण:

पक्राउ परेका अरुण चौधरीसहित तीनै जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद

नेपालभ्युज

पक्राउ परेका अरुण चौधरीसहित तीनै जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी, अजितनारायण सिंह थापा र अरुण चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सका पूर्वमहाप्रबन्धक सञ्जय ठाकुरमाथि अनुसन्धान गर्न अदालतले चार दिनको म्याद दिएको छ ।

काठमाडौंबाट पक्राउ परेका उनीहरूलाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

जग्गा हिनामिना प्रकरणमा अहिलेसम्म भेटिएका प्रमाणका आधारमा अदालतले थप अनुसन्धानका लागि चार दिनको म्याद दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved