एक्सन फिल्म ‘पीताम्बर’मा आँचल र अनुपविक्रम

नेपालभ्युज

एक्सन फिल्म ‘पीताम्बर’मा आँचल र अनुपविक्रम

काठमाडौं । एक्सन–ड्रामा फिल्म ‘पीताम्बर’मा आँचल शर्मा र अनुपविक्रम शाही पनि अनुबन्धित भएका छन् । कृषा चौलागाईंको आगामी फिल्ममा यी दुई एक्टरले सहमति गरेका हुन् ।

यसअघि सुरक्षा पन्त र प्रदीप खड्का फिल्मसँग जोडिइसकेका छन् । धमाधम ए–लिस्टर कलाकार फिल्मसँग जोडिएको देख्दा लाइनअप रोचक हुने अनुमान गर्न सकिन्छ ।

यसअघि ‘ऐंचोपैंचो’ निर्देशन गरेकी चौलागाईंको यो दोस्रो निर्देशकीय फिचर हुनेछ । फिल्मलाई तीन सिजनको चरणमा खिचिनेछ । माघ, वैशाख र असार–साउनको महिनामा छायांकन गर्ने तयारी छ । चौलागाईंले भारतमा समेत छायांकन हुनसक्ने जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved