ड्युटीमा रहेका दुई प्रहरी जवान कुटिए, कोहलपुरमा उपचार हुँदै

नेपालभ्युज

ड्युटीमा रहेका दुई प्रहरी जवान कुटिए, कोहलपुरमा उपचार हुँदै

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा सर्वसाधारणबाट दुई प्रहरी जवान कुटिएका छन् । सामान्य विवादमा प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का कुटिएका हुन् ।

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत उनीहरुमाथि स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ ।

उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबीच भएको विवाद मिलाउन गएका प्रहरीमाथि हातपात भएको प्रहरी निरिक्षक धमेन्द्र खड्काले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved