अमेरिकी नेतृत्वको गठबन्धन अन्त्य गर्नेबारे इराकमा छलफल

नेपालभ्युज

अमेरिकी नेतृत्वको गठबन्धन अन्त्य गर्नेबारे इराकमा छलफल

बग्दाद । इराकमा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार सुरु गरिएको इराकी सरकारले जनाएको छ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा अल-सुदानीले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरु भएको उल्लेख गरेको छ ।

बिहीबार, इराकले इराकमा अमेरिकी नेतृत्वको अन्तरराष्ट्रिय गठबन्धनको मिसनको अन्त्यबारे छलफल गर्न उच्च सैन्य आयोग गठन गर्न संयुक्त राज्य अमेरिकासँग सहमत भएको जनाएको छ।

इराकले उल्लेख गरेको छ- आयोगले इस्लामिक राज्यद्वारा उत्पन्न खतराको मूल्याङ्कन गर्ने र इराकी सुरक्षा बलहरूको क्षमताहरूको मूल्याङ्कन गर्नेछ । इराकमा अन्तरराष्ट्रिय गठबन्धन सल्लाहकारहरू क्रमशः घटाउने र गठबन्धनको सैन्य अभियानको अन्त्यको लागि स्पष्ट समयतालिका तयार गर्ने विषय पनि अगाडि सारिएको बताइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved