कार्यकर्तासँग प्रचण्डको गुनासो: १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन सकेनौँ ?

नेपालभ्युज

कार्यकर्तासँग प्रचण्डको गुनासो: १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन सकेनौँ ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘१७ हजार प्लस दुई’ भनेर मानिसहरूले आलोचना गर्दा प्रतिवाद गर्न नसकेको भन्दै कार्यकर्ताप्रति असन्तुष्टि जनाएका छन् ।

शनिबार शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरूको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरू टुलुटुलु हेरिरहेको भन्दै गुनासो गरे ।

प्रचण्डले भने, ‘एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईँ हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन । हिजो भए हामी सहन्थ्यौँ त, के गर्थ्यौँ, हामीले कस्तो प्रतिवाद गर्थ्यौँ, कसरी गर्थ्यौँ ?’

सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै सशस्त्र युद्धको नेतृत्वकर्ता र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यो झुटो भएको बताए ।

गतमहिना ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको थियो । त्यसपछि सरकारले ‘१७ हजार प्लस दुई’ मारेको भन्दै आलोचना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved