कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने

नेपालभ्युज

कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा ’फ्लोर क्रस’ गर्ने कार्यलाई गैरजिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर क्रस गर्नेहरूबारे छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी भएका थिए ।

कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेको थियो । तर विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा पनि महिला उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित बनेकी थिइन् ।

उनलाई एमाले उम्मेदवार रूक्मिणी कोइरालाले पराजित गरेपछि कोशी प्रदेशका माओवादी नेताहरूले कांग्रेसले बेइमानी गरेको बताएका थिए ।
उनीहरूले कांग्रेसकै कारण माओवादीले कोशीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved