प्रधानमन्त्री कप क्रिकेट

कर्णालीमाथि बागमतीको जित

नेपालभ्युज

कर्णालीमाथि बागमतीको जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कर्णालीले बागमती प्रदेशलाई पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको हो ।

७९ रनको झिनो लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । बागमतीका लागि इशान पाण्डेले ४० रन बनाए । रविन जोशी भने १६ रनमा अविजित रहे । कर्णालीका लागि दिवान पुनले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कर्णाली २४.२ ओभरमा ७८ रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए । ७ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा प्याक गर्न बागमतीका लागि रिजन ढकालले ५ विकेट लिए । कृजन गुरुङले २ तथा प्रतिस जिसी, सूर्य तामाङ र विपिन आचार्यले १-१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved