प्रधानमन्त्री कप क्रिकेट

मधेसले दियो सुदूरपश्चिमलाई ३२० रनको लक्ष्य, मयनको शतक

नेपालभ्युज

मधेसले दियो सुदूरपश्चिमलाई ३२० रनको लक्ष्य, मयनको शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ३२० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३१९ रन बनाएको हो।

मधेसका लागि मयन यादवले शतकीय पारी खेले । मयनले १२८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ११५ रन बनाए । पवन सराफले भने ७० र अनिल साहले ६९ रन जोडे ।

सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए । विकास आग्रीले २ तथा गजेन्द्र बोहरा र नारायण जोशीले १-१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved