तनहुँमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालभ्युज

तनहुँमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । तनहुँको देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति भएको दुर्घटनामा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका दुवैजनाको दमौली अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको मिनी ट्रक सडकदेखि पाँच सय मिटर तल खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved