बीपी प्रतिष्ठानका उपकलुपतिलाई प्रधानमन्त्रीको निर्देशन- धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउनू

नेपालभ्युज

बीपी प्रतिष्ठानका उपकलुपतिलाई प्रधानमन्त्रीको निर्देशन- धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् ।

आइतबार प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई कार्यकक्ष बोलाएर यस्तो निर्देशन दिएङ्का हुन् ।

“तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाईं धरान जानुस् । कार्यकारिणी समितिको बैठक बोलाउनुस् । अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्,” प्रधानमन्त्रीलाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानूनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved