माइतीघरमा ‘डियर पीएम, हामी पनि यहाँ छौँ’ (तस्वीरहरू)

माइतीघरमा ‘डियर पीएम, हामी पनि यहाँ छौँ’ (तस्वीरहरू)

काठमाडौं। १० पुस २०७७ मा माइतीघर मण्डलमा पुष्पकमल दाहाल प्रचण्डले ‘हामी यहाँ छौँ’ भन्ने प्ले कार्ड छातीमा टाँसेर बसेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेको विरोधमा तत्कालीन नेकपाको प्रचण्ड– माधव कुमार नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो । आफू विपक्षमा रहँदा सरकारविरुद्ध आन्दोलन गरेको त्यही ठाउँ प्रचण्डले अहिले सरकारमा पुगेपछि आन्दोलनको लागि निषेध गरिदिए ।

त्यसको विरोध स्वरूप सत्तारूढ दल कांग्रेसको भातृ सङ्गठन, नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ समितिले निषेधाज्ञाको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।

उनीहरूले ‘डियर पीएम, हामी पनि यहाँ छौँ’ भन्दै व्यङ्ग्य गरे । उनीहरूले स्थानीय प्रशासन ऐन, २०२८ को दुरुपयोग बन्द गर माईतीघरको निषेधाज्ञा खारेज गर, जस्ता नारा लेखिएको प्लेकार्ड बोकी मुखमा टेप लगाएर बसे । १५ मिनेट जति शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शन सकिएसँगै निषेधाज्ञा तोड्न निस्किएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका करिब १५ जना विद्यार्थीहरूलाई नगर प्रहरी कार्यालय राखिएको प्रहरीले जनाएको छ ।

सरकारले मंसिर ४ गतेदेखि लागू हुनेगरी माइतीघर लगायतका आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

हेर्नुहोस् फोटोहरू ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved