प्रधानमन्त्री कप क्रिकेट : आर्मीले कोशीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले कोशीलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले आज कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। आर्मीका लागि सन्तोष कार्कीले अविजित ३२ र कुशल मल्लले २२ रन बनाए ।

इमरान शेखले पनि ३२ रनकै योगदान गरे । कोशीका लागि सुजन थपलियाले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशी ८८ रनमा अलआउट भयो । कोशीका लागि अंकित सुवेदीले ४१ रन बनाए । ४ खेलाडी डगआउट भए ।

आर्मीका लागि शाहब आलमले ६ विकेट लिए। कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved