माओवादी द्धन्दको घटनामा आधारित फिल्म ‘खुस्मा’मा धिरज र उपासनाको जोडी

नेपालभ्युज

माओवादी द्धन्दको घटनामा आधारित फिल्म ‘खुस्मा’मा धिरज र उपासनाको जोडी

काठमाडौं । माओवादी द्धन्दको घटनामा आधारित फिल्म ‘खुस्मा’ निर्माणको घोषणा भएको छ । माघे संक्रान्तिको अवसर पारेर सिनेमाको घोषणा गरिएको हो ।

सिनेमामा धिरज मगर र उपासनासिंह ठकुरी प्रमुख भूमिकामा रहनेछन् । यो उनीहरुको पहिलो सहकार्य हो ।

सिनेमालाई अशोक थापामगरले निर्देशन गर्नेछन् । थापा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेका छन् । दुई वटा सुटिङ तालिकामा खिचिने सिनेमाका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् ।

‘खुस्मा’मा एसडी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् । दीपक बज्राचार्य छायाँकार रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved