बैंकको चर्को ब्याजविरुद्ध जनकपुरका व्यापारी आन्दोलित

नेपालभ्युज

बैंकको चर्को ब्याजविरुद्ध जनकपुरका व्यापारी आन्दोलित

काठमाडौं । बैंकहरुविरुद्ध जनकपुरका व्यापारी आन्दोलित भएका छन् । आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो ।

बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्‍याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।

संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरुसंग आग्रह गरे ।

उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने स्थिति अन्त्य हुनुपर्ने बताए ।

बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको उनको आरोप छ । उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्नेलगायत माग रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved