डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित

नेपालभ्युज

डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । विश्व व्यापार सङ्गठनको आजको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमेले गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २० औँ वर्ष मनाइरहँदा प्राप्त यो अवसर नेपालको लागि गौरवको विषय हो ।

नेपालले उक्त पदको जिम्मेवारी यस वर्षको दोश्रो नियमित बैठकवाट आरम्भ गरी सन् २०२५ पहिलो नियमित बैठक सम्म सम्हाल्ने जेनेभास्थित नेपालको नियोगले जनाएको छ ।

विश्व व्यापार सङ्गठन मूलत अन्तराष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भएता पनि पछिल्ला छलफल तथा बहसहरू विकास केन्द्रित हुने गरेका छन । नेपाललाई विश्वव्यापार सङ्गठनको माराकेस सम्झौताको क्षेत्राधिकार भित्र रहि व्यापार र विकाससंग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्ने छ ।

समितिको अध्यक्षमा राजदूत सुवेदीको नियुक्तिले नेपाललाई विश्व व्यापार सङ्गठनका सदस्यहरुबीच विचारविमर्श र सहजीकरणका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरुसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ भने यो भूमिका दोहा कार्ययोजनाअनुसार अतिकम विकसित मूलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहिकरण गर्ने सन्दर्भमा नेपालका निम्ति यो उपलब्धि हो ।

विश्वव्यापार सङ्गठनका अन्य निकायहरूमा रहेका अति कम विकसित मुलुकका हितका विषयवस्तुहरू सहजिकरण गर्न र अतिकम विकसित मुलुकहरुको समूहबाट स्तरोन्नति हुने चरणमा रहेका मुलुकका निम्ति अनुकूल वातावरण बनाउन गर्न महत्त्वपूर्ण हुनेछ ।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको क्रममा रहेकाले नेपालको भूमिका अझ सान्दर्भिक हुने जेनेभास्थित नेपाली नियोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved