चर्चित अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता

नेपालभ्युज

चर्चित अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता

चेन्नई । दक्षिण भारतीय फिल्म उद्योगकी सुपरस्टार अभिनेत्री नयनताराविरुद्ध धार्मिक भावनालाई ठेस पुर्‍याएको आरोपमा एफआईआर दर्ता भएको छ ।

उनको फिल्म अन्नपूर्णीले लभ जिहादलाई बढावा दिएको आरोप छ । जबलपूरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको हो ।

फिल्म अन्नपूर्णी डिसेम्बर १ मा रिलिज भएको थियो । फिल्ममा नयनतारा शीर्ष भूमिकामा छिन् । फिल्ममा नयनतारा मन्दिरको पुजारीको छोरी अन्नपूर्णीको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्मको संवादमा भगवान् श्रीरामबारे अभद्र टिप्पणी गरिएको छ । अन्नपूर्णीले लभ जिहादलाई बढावा दिइरहेको दाबी ऊजुरीमा गरिएको छ ।

फिल्ममा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको छ ।

ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको आदि दृश्यका कारण विवादमा तानिएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको छ ।

शिवसेनाका पूर्व नेता रमेश सोलंकीले पनि जनवरी ६ मा अन्नपूर्णीका मेकरहरुविरुद्ध मुम्बईमा ऊजुरी दर्ता गराएका थिए ।
मेकरहरुले भगवान् श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्‍याएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved