पपुवा न्यू गिनीमा व्यापक दंगा र लुटपाट, १५ जनाको मृत्यु

नेपालभ्युज

पपुवा न्यू गिनीमा व्यापक दंगा र लुटपाट, १५ जनाको मृत्यु

काठमाडौं। पपुवा न्यू गिनी (पीएनजी)मा भडकिएको दंगामा १५ जनाको मृत्यु भएको छ । १४–दिने संकटकाल घोषणा गरिएसँगै व्यापक दंगा र लुटपाट भएको हो ।

पोर्ट मोरेस्बीको जनरल अस्पतालले राजधानीमा ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । पपुवा न्यू गिनीको दोस्रो सहर ‘ला’ मा ७ जना मारिएका छन् ।

बिहीबार अवस्था नियन्त्रणमा लिन १००० जना भन्दा बढि सैनिक परिचालन गरिएको प्रधानमन्त्री जेम्स मरापेले बताएका छन् । उनले अराजकता स्वीकार्य नहुने पनि बताए।

बुधबार पुलिसको अनुपस्थितिमा सहरको बाहिरी भागमा बस्ने मानिसले पसल लुटपाट गर्नुका साथै आगजनी गरेका छन् ।

गत महिना परिश्रमिक ५० प्रतिशतले कटौती भएपछि प्रहरी र सरकारी कर्मचारीले बुधबार संसदअगाडि विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री मरापेले प्राविधिक त्रुटिका कारण सो समस्या भएको र आगामी महिना त्यसलाई सच्चाउने बताएका छन्।

अष्ट्रेलियन महादेशमा भए पनि यो मुलुकमा महंगी, बेरोजगारी र गरिबी चुलिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved