पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

नेपालभ्युज

पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले  बुधबार भ्रष्टाचार मुद्दामा शाहलाई जेल सजाय सुनाएको हो ।

अदालतले शाहलाई क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेकोमा दोषी ठहर गर्दै तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र सोही परिणामको जरिवाना तिराउन आदेश दिएको  छ ।

उक्त भ्रष्टाचार मुद्दाका अर्का आरोपी नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाइएको छ । सोही प्रकरणका आरोपितहरू लेखापाल संजीव विशुंखे र प्रहरी हवल्दार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाई पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved