९ दशमलव ५० अंकको वृद्धिसँगै आजलाई बन्द भयो नेप्से 

नेपालभ्युज

९ दशमलव ५० अंकको वृद्धिसँगै आजलाई बन्द भयो नेप्से 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढेर २०८९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

बुधवार ३०१ कम्पनीका ९२ हजार ६ सय २ पटकको कारोबारमा १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४० अंकले बढेर ३८६ दशमलव ३३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved