रास्वपा बैठक : केन्द्रीय सदस्य र सांसदको लेवी घटाइयो, यी हुन् अन्य निर्णय

नेपालभ्युज

रास्वपा बैठक : केन्द्रीय सदस्य र सांसदको लेवी घटाइयो, यी हुन् अन्य निर्णय

काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय सदस्य र सांसदको वार्षिक लेवी घटाएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको लेवी वार्षिक १ लाख रुपैयाँलाई घटाएर २५ हजार रुपैयाँ बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सांसदको लेवी पनि मासिक २५ हजार रुपैयाँबाट १५ हजार रुपैयाँमा झारिएको उनले बताए । उनका अनुसार  सा‌ंसदहरुको नयाँ लेवी आगामी आर्थिक वर्षबाट  र केन्द्रीय सदस्यको लेवी तत्कालै लागु हुनेछ ।

बैठकले यसअघि पार्टीको सदस्यता शुल्क न्युनतम १ हजार तोकिएकोमा कसैले १ हजार तिर्न नसकेमा त्यो भन्दा कम रकम तिरेर पनि सदस्यता दिने निर्णय गरेको छ । इच्छा हुनेले सदस्यता शुल्क हजार भन्दा बढी पनि दिन सक्ने छन् ।

यस्तै बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराललाई सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल, राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ । बैठकले उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप पनि  गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved