कोशीमा सभामुख निर्वाचित विष्टलाई राप्रपाले कारबाही गर्ने

नेपालभ्युज

कोशीमा सभामुख निर्वाचित विष्टलाई राप्रपाले कारबाही गर्ने

काठमाडौं । कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित अम्बरबहादुर विष्टलाई राप्रपाले कारबाही गर्ने भएको छ ।

राप्रपाको तर्फबाट सत्तागठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत समर्थनमा सभामुख बनेका विष्टलाई राप्रपाले कारबाही गर्ने भएको हो ।

केन्द्रीय पदाधिकारी बैठकको निर्णयविपरीत कोशीको सभामुख बनेको भन्दै विष्टलाई राप्रपाले कारबाही गर्ने भएको हो ।

‘पदाधिकारीमध्ये ९५ प्रतिशतले कोशीको सभामुखमा उम्मेदवारी दिन नहुने मत राखेका थियौं’, राप्रपा महामन्त्री धवलशम्शेर राणाले भने, ‘केन्द्रको निर्णयविपरीत उम्मेदवारी दिएकाले उहाँलाई कारबाही हुनसक्छ, हामीले मिल्दै मिल्दैन भनेका थियौं ।’

राप्रपा संघीयता र गणतन्त्रको विरुद्धमा भएकाले कोशीको सभामुखमा उम्मेदवारी दिन नहुने राणाको तर्क थियो ।

कोशी राप्रपाको आज बिहान बसेको संसदीय दलको बैठकले भने विष्टलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मंगलबार बसेको प्रदेशसभा बैठकले विष्टलाई कोशीको सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved