कोशीमा सभामुख लिने विषयले राप्रपामा खटपट, विष्टले देलान् उम्मेदवारी ?

राप्रपाको कोशी प्रदेश संसदीय दलले अम्बरबहादुर विष्टलाई सभामुखमा अगाडि सार्ने निर्णय गरेसँगै राप्रपा केन्द्रमा खटपट आएको हो ।

नेपालभ्युज

कोशीमा सभामुख लिने विषयले राप्रपामा खटपट, विष्टले देलान् उम्मेदवारी ?

काठमाडौं । सभामुख लिने कोशी राप्रपाको निर्णयले केन्द्रमा खटपट भएको छ । राप्रपाको कोशी प्रदेश संसदीय दलले अम्बरबहादुर विष्टलाई सभामुखमा अगाडि सार्ने निर्णय गरेसँगै राप्रपा केन्द्रमा खटपट आएको हो ।

राप्रपा कोशीको संसदीय दल बैठकले विष्टलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरे पनि केन्द्रीय पदाधिकारी बैठकले त्यसलाई नस्वीकारेको बताउँछन्, पार्टी महामन्त्री धवलशम्शेर राणा । उनी भन्छन्, ‘पदाधिकारी बैठकमा सहभागी ९५ प्रतिशतले कोशीमा सभामुख लिनु हुँदैन भन्ने मत व्यक्त गर्नुभएको छ । कसैले व्यक्तिगतरुपमा निर्णय लिन्छ भने बदमासी हुन्छ ।’

पार्टीले गणतन्त्र र संघीयताकै विरोध गरिरहेका बेला प्रदेशको सभामुख लिन नहुनेमा अधिकांश पदाधिकारीको जोड रहेको उनको भनाइ थियो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले पनि प्रदेशको उक्त निर्णयप्रति केन्द्रीय पदाधिकारीको विमति रहेको स्वीकारेका छन् । ‘कोशीमा सभामुख लिने विषयमा केही साथीहरुको विमति भएको सत्य हो’, उनले भने, ‘तर प्रदेशको निर्णयमाथि हस्तक्षेप गर्ने कुरा हुँदैन ।’

राप्रपाका विष्टलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरिसकेको छ ।

उता राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले सभामुख नलिने भए प्रदेश सांसदलाई पनि राजीनामा गराउनुपर्ने तर्क गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved