मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा दुईजनाको मृत्यु

नेपालभ्युज

काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३० वर्षीय मुकेश चमार र ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो । दुवैजना मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा पछाडि सवार दुई जना गम्भिर घाइते भएका छन् ।

घाइते श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादवको उपचार भइरहेको छ ।

बाक्लो हुस्सुका कारण मोटरसाइकल चालकले एक–अर्कालाई नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

बर्दिबासबाट रामगोपालपुरतर्फ जाँदै गरेको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै डिस्कभर मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved