‘आइडल यमुना सहकारी’ले फिर्ता दिन सकेन चार हजार पनि, बचतकर्ताले घेरे कार्यालय

नेपालभ्युज

‘आइडल यमुना सहकारी’ले फिर्ता दिन सकेन चार हजार पनि, बचतकर्ताले घेरे कार्यालय

काठमाडौं। काठमाडौंका विभिन्नका पाँच वटा सहकारीहरू एक आपसमा मर्ज भएर बनेको ‘आइडल यमुना’ सहकारीले बचतकर्ताको चार हजार रुपैयाँ पनि फिर्ता दिन नसकेपछि बचतकर्ताले कार्यालय घेराउ गरेका छन् । पटक-पटकको प्रतिबद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरूले बौद्ध टुसालस्थित सहकारीको एक शाखा कार्यालय घेराउ गरेका हुन् ।

घेराउ गर्न आउनेमा चार हजार रुपैयाँ राख्नेदेखि लाखौँ रुपैयाँ बचत गर्नेसम्मका छन् । बतचकर्ताले अहिले ‘आइडल यमुना’ सहकारीको कम्युटरसहित जिन्सी सामान उठाउने चेतावनी दिइरहेका छन् । सहकारीका कर्मचारीबीच वादविवाद भइरहेको छ । फोटो भिडिओ खिच्न गएका पत्रकारलाई समेत फोटो भिडिओ डिलिट गर्न भन्दै धम्क्याएका छन् ।

सञ्चालकहरूले बचत रकम फिर्ता गर्ने समय पटकपटक टारेपछि आफूहरू बाध्य भएर कार्यालय घर घेर्न आउनुपरेको सहकारीका बचतकर्ताहरूले बताएका छन् । अहिले सहकारीका सञ्चालकहरू फरार छन् । सहकारीका सञ्चालकहरूले हजारौँ बचतकर्ताको १० अर्ब जति रकम लिएर सम्पर्कविहीन भएको आरोप लागेको छ ।

सहकारीका सञ्चालकनहरु ज्ञानबहादुर तामाङ, कुयाङ लामालगायत अहिले आफूहरूको समेत सम्पर्कमा नरहेको कर्मचारीहरूले बताएका छन् ।

२ वर्षअघि नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहूद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गाभिएर आइडल यमुना बहूद्देश्यीय सहकारी संस्था बनेको थियो । मर्जपछि संस्थाको कारोबार झन्डै ९ अर्ब रुपैयाँ पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved