मधेसमा गठबन्धनका आनन्दप्रसाद र पूजाले गरे उम्मेदवारी दर्ता

नेपालभ्युज

मधेसमा गठबन्धनका आनन्दप्रसाद र पूजाले गरे उम्मेदवारी दर्ता

काठमाडाैं । राष्ट्रिय सभाको निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरीले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका हुन्।

उनीहरुले एकैसाथ जनकपुरस्थित मधेस प्रदेश निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए ।

ढुंगाना पूर्व सांसद हुन् । उनी यसअघि चारपटक सांसद भइसकेका छन् । सदनमा छिर्ने यो उनको पाँचौं प्रयास हो । पूजा चौधरी भने गएको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved