वर्षौंपछि सँगै देखिए अमिर खानका छोराछोरी आयरा–जुनैद

नेपालभ्युज

वर्षौंपछि सँगै देखिए अमिर खानका छोराछोरी आयरा–जुनैद

एजेन्सी । आमिर खानकी पूर्व श्रीमती रीना दत्तासँग दुईवटा छोराछोरी छन् । आयरा खान र जुनैद खान । तर, दाजुबहिनी भएर पनि दुवै सँगै एकदमै कम मात्र देखिन्छन् ।

अहिलेको आयरा खानको विवाह चर्चाको विषय बनिरहेको छ । आयरा र नुपूर शिखरेले मुम्बईको ताज ल्यान्ड्समा कोर्ट म्यारिज गरिसकेका छन् । यसमा आयराका दाई जुनैद खान पनि समावेश भएका थिए ।

आयरा अहिले उदयपुरको ताज अरावली रिसोर्ट एन्ड स्पामा छन् र दाई जुनैदलाई सम्झिरहेकी छन् । आयराले जुनैदसँगको तस्वीर सेयर गरेकी छन्, जसमा लेखेकी छन्, “आखिरमा हामी दुईको एकसाथ फोटो खिचियो, त्यो पनि वर्षौंपछि ।”

यी दुवै आ–आफ्नो जीवनमा यति व्यस्त छन् कि सँगै फोटो समेत खिच्ने मौका मिल्दैन । विवाह पार्टीका लागि आमिर खान पनि पूर्व दोस्रो पत्नी किरण रावसँग उदयपुर पुगिसकेका छन् । उनीहरुको छोरा आजाद पनि साथमा देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved