बरहथवा घटना : प्रहरीको गोलीले मृत्यु भएका जयशंकरको शवयात्रा सुरु

नेपालभ्युज

बरहथवा घटना : प्रहरीको गोलीले मृत्यु भएका जयशंकरको शवयात्रा सुरु

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवा जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदैछ । साहको केहीबेरपछि बरहथवा १ स्थित बागमती नदी किनारमा अन्तिम संस्कार गर्ने तयारी छ ।

अन्तिम संस्कारको लागि बरहथवामा साहको शवयात्रा सुरु भएको छ । उनको शवयात्रामा सयौँ स्थानीय सहभागी भएका छन् । स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएपछि आफन्त र आन्दोलनरत पक्षले गएराति साहको शव घटनास्थलबाट उठाएका थिए ।

राति नै मलंगवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि साहको शव परिवारजनले बुझेर बरहथवा– ६ स्थित घर लगेका थिए । गएको शुक्रबार दिउँसो स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर बरहथवा ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved