आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु

अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।

नेपालभ्युज

आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु

काठमाडौं । अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।

आइतरबार पनि आन्दोलन उग्र भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले फेरि कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रशासनले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको हो ।

गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । यहाँ प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved