राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस बैठक बस्दै

नेपालभ्युज

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । नेतृत्वको व्यस्तताका कारण हिजो स्थगित बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठक लम्बिएपछि पार्टी हिजो पार्टीको बैठक बस्न नसकेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध समेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved