‘द बुल’ का लागि घन्टौं तालिम लिइरहेका छन् सलमान

नेपालभ्युज

‘द बुल’ का लागि घन्टौं तालिम लिइरहेका छन् सलमान

एजेन्सी । नयाँ वर्ष २०२४ सुरु भइसकेको छ । यसका साथै सलमान खानका प्रसशंक  फेरि उनलाई पर्दामा देख्न आतुर छन् । केही समयअघि सलमानले आफ्नो फिल्म ‘द बुल’ को बारेमा बताएका थिए ।

सलमान खानको जन्मदिनका अवसरमा निर्माता करण जौहरले भनेका थिए २५ वर्षपछि सलमानसँग फेरि काम गर्दैछौं । धर्मा प्रोडक्शनको ब्यानरमा बनिरहेको ‘द बुल’ मा सलमान खान एकदमै फरक रुपमा देखिँदैछन् ।

फिल्मको टिमले २९ डिसेम्बरमा नै मुम्बईमा पहिलो शट लिइसकेको छ । यसका लागि सलमान खानले आफ्नो फिटनेस ट्रेनिंग पनि सुरु गरिसकेका छन् । फिल्ममा उनी एक अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन् । यस भूमिकाको तयारीका लागि उनले कुनै कसर बाँकी राखेका छैनन् ।

विष्णु वर्धनद्वारा निर्देशित फिल्म ‘द बुल’ मा अपरेशन क्याक्टसको कथा देखाइनेछ । यो अपरेशनमा सन् १९८८ नोभेम्बर ३ मा भारतीय सैन्य फोर्सले मालदिभ्समा सैन्य कु रोक्न हस्तक्षेप गरेको थियो ।

त्यहाँ भारतीय सेनाले थुप्रै सैनिक मारेर केही घण्टामै राष्ट्रपति मौमून अब्दुल गयूमको सरकारको नियन्त्रणलाई बहाल गरेको थियो । फिल्म उक्त घटनामा आधारित रहनेछ । फिल्म ‘द बुल’ सन् २०२५ मा रिलीज हुन सक्ने अनुमान लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved