बलिउडको सबैभन्दा धनी परिवारको सम्पत्ति कति छ ?

नेपालभ्युज

बलिउडको सबैभन्दा धनी परिवारको सम्पत्ति कति छ ?

एजेन्सी । बलिउडमा सबैभन्दा धनी परिवारको जब चर्चा चल्छ बच्चन तथा कपूर परिवारको नाम नै पहिला आउने गर्छ । तर, बलिउडको सबैभन्दा धनी खान परिवार हो ।

सलीम खान र उनको परिवार अहिले बलिउडको सबैभन्दा धनीमा पर्दछ । यो परिवारको कुल सम्पत्ती बारे सुनेर तपाईं अचम्म पर्नुहुनेछ ।

खान परिवारको कुल सम्पत्ति ५ हजार २५९ करोड भारतीय रुपैयाँ रहेको छ । एक्लै सलमान खानको मात्र कुरा गर्ने हो भने उनी करीब ३ हजार करोडका मालिक हुन् ।

त्यस्तै उनका भाई अरबाज खानसँग पाँच सय करोड र कान्छो भाई सोहेलसँग साढे तीन सय करोडको सम्पत्ति छ ।

यसरी नै सलीम खान स्वयम पनि एकदमै धनी छन् । उनको कुल सम्पत्ति एक हजार करोडभन्दा माथि छ । सलीमबाट सुरु भएको बलिउडको यात्रा अब उनको तेस्रो पिढीँसम्म पुगिसकेको छ ।

सलिम खान अभिनेता, फिल्म निर्माता र राम्रो पटकथा लेखक हुन् । उनका तीन छोरा र दुई छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved