बस खोलामा खस्दा ३२ जना घाइते

नेपालभ्युज

बस खोलामा खस्दा ३२ जना घाइते

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मौरीबजारमा यात्रुवाहक बस खोलामा खस्दा ३२ जना यात्रु घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेकोे बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

दुर्घटनामा बसचालक ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँका ३२ वर्षीय सागर श्रेष्ठ पनि घाइते भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved