आमिर खानकी छोरीले गरिन नुपुर शिखरेसँग विवाह

नेपालभ्युज

आमिर खानकी छोरीले गरिन नुपुर शिखरेसँग विवाह

एजेन्सी । आमिर खानकी छोरी आयरा खान अहिले विवाहको विषयलाई लिएर चर्चामा छन् । उनको नुपुर शिखरेसँग विवाह भएको छ ।

उनीहरुले मुम्बईको एउटा कोर्टमा हिजो विवाह गरेका छन् । कोर्टमा विवाह गरेपछि ताज एन्ड्समा भव्य प्रीतिभोज पनि आयोजना गरिएको थियो । जहाँ उनीहरुका नजिकका आफन्त तथा साथीभाईलाई मात्र निम्ता दिइएको थियो । त्यसपछि उक्त जोडी उदयपुरतिर लागेको छ ।

खबरअनुसार आयरा खानले उदयपुरमा भव्य विवाह समारोह गर्दैछिन् । यो समारोह जनवरी ८ मा हुनेछ । आमिर खानले आफ्नी राजकुमारीलाई शाही तरिकाले बिदाई गर्नेछन् । त्यसपछि १३ जनवरीमा फिल्म उद्योगका हस्तीका लागि ठूलो प्रीतिभोज पनि हुनेछ ।

आयरा खान र नुपुर शिखरेको विवाहलाई लिएर दुवै परिवार एकदमै खुशी छन् । आमिर खान केही दिनअघि मात्र आफ्नी छोरीका लागि गरगहना खरिद गर्दै गरेको देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved