आमिर खानको कारणले घन्टौं बाथरुममा रोएकी थिइन् यी सुन्दर अभिनेत्री

नेपालभ्युज

आमिर खानको कारणले घन्टौं बाथरुममा रोएकी थिइन् यी सुन्दर अभिनेत्री

एजेन्सी । अभिनेत्री दिव्या भारतीले एकदमै सानो उमेरमै बलिउडमा ठूलो नाम कमाउन सफल भएकी थिइन् ।

दिव्या भारतीले एकपछि अर्को कैयौं सुपरहिट फिल्ममा काम गरिन् । एकपटक अभिनेता आमिर खानका कारणले उनी घन्टौंसम्म बाथरुममा रोएकी थिइन् ।

यो कुराको खुलासा स्वयम् अभिनेत्री दिव्या भारतीले एक अन्तरवार्ताका क्रममा गरेकी थिइन् ।

अभिनेत्रीको भनाईअनुसार जब उनले लन्डनमा हुने भनिएको शो का लागि अभ्यास गरिरहेकी थिइन् त्यसक्रममा उनले आफ्नो प्रस्तुतीमा केही गल्ती गरेकी थिइन् । त्यसपछि आमिर खानले दिव्या भारतीसँग प्रस्तुतीका लागि अश्वीकार गरेका थिए ।

अभिनेत्रीका भनाईअनुसार आमिर खानले उनलाई बदलेर जुही चावलासँग प्रस्तुती दिन पनि भनेका थिए । आमिर खानको यस्तो व्यवहारबाट दिव्या एकदमै दुःखी भएकी थिइन् । जसले गर्दा उनी बाथरुम गएर घन्टौंसम्म रोएकी थिइन् ।

आमिर खानको यस्तो व्यवहार देखेर सलमान खानले भने उनलाई साथ दिएका थिए ।

पछि गएर सलमान खानसँग अभिनेत्री दिव्याले उक्त कार्यक्रममा शानदार प्रस्तुती समेत दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved