रुसले युक्रेनमाथिको हमला थप बढाउने

नेपालभ्युज

रुसले युक्रेनमाथिको हमला थप बढाउने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको हमलालाई थप आक्रामक बनाउने बताएका छन् । युक्रेनको प्रतिआक्रमणविरुद्ध रुसले हमलालाई दोब्बर बनाउने बताएको हो ।

एक सैन्य अस्पताल भ्रमणका क्रममा राष्ट्रपति पुटिनले आफ्नो हमला सर्वसाधारण नागरिक लक्षित नरहने भन्दै युक्रेनका सैन्य प्रतिष्ठान र सैन्य क्याम्पमा हमला गर्नेे चेतावनी दिएका हुन् । युक्रेन माथिको आक्रमण भएको झण्डै २ वर्ष पुगेको अवसरमा राष्ट्रपति पुटिनले युद्ध नरोकिने बरु थप ससक्त हुने सन्देश दिएका छन् ।

नयाँ वर्षका दिन रुसले अहिलेसम्मकै सबै भन्दा बढी ड्रोन हमला गरेको युक्रेनले बताएलगत्तै रुसको यस्तो प्रतिक्रिया आएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved