नेपालगञ्जमा स्करपियोले ठक्कर दिँदा एक पुरुष र महिलाको मृत्यु

नेपालभ्युज

नेपालगञ्जमा स्करपियोले ठक्कर दिँदा एक पुरुष र महिलाको मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्जमा जिपले ठक्कर दिदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै गएराति स्कारपियो गाडीले ठक्कर दिँदा परिचय खुल्न नसकेका दुई जनाको मृत्यु भएको हो ।

बाँके प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका महिला र पुरुषको सनाखत हुन सकेको छैन ।

उनीहरूको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved