नयाँवर्ष २०२४ को भव्य स्वागत, नेपालका पर्यटकीयस्थलमा घुँइचो

नेपालभ्युज

नयाँवर्ष २०२४ को भव्य स्वागत, नेपालका पर्यटकीयस्थलमा घुँइचो

काठमाडौं । ईस्वी संवतको नयाँ वर्ष आजदेखि शुरु भएको छ । नयाँ वर्षको संसारभर भव्यताका साथ आतिसवाजी सहित स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि नयाँ वर्षको स्वागत गरिएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो ।

येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ ।

ईस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न देशहरुमा उत्सवमय कार्यक्रम भइरहेका छन् ।

नेपालका पनि विभिन्न शहरमा नयाँ वर्षका कार्यक्रम राखिएका छन् । विशेषगरि विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् ।

गएराति देखिनै यी शहरहरुमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए । नयाँ वर्ष मनाउन विभिन्न ठाँउबाट मानिसहरु काठमाडौं, पोखरा, सौराहा, नगरकोट, धुलिखेललगायतका स्थानमा जम्मा भएका छन् । नयाँ वर्षको अवसरमा नेपालका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाहिय पर्यटकको उल्लेख्य चहलपहल बढेको देखिन्छ ।

इस्वी संवत विश्वमा सबैभन्दा धेरै चलनचल्तीमा रहेको संवतका रुपमा रहेको छ । इस्वी संवत विक्रम संवत भन्दा ५७ वर्ष पछि सुरु भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved