तीन हप्ता सर्‍यो कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

नेपालभ्युज

तीन हप्ता सर्‍यो कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ झण्डै तीन हप्ता पर सरेको छ । कांग्रेस केन्द्रीय समितिले शनिबार पुस १६ देखि एक महिनासम्म उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नयाँ निर्णयसँगै उक्त अभियान माघ ७ देखि माघ २२ गतेसम्म सञ्चालन गरिनेछ । यसअघि एक महिना सञ्चालन गरिने भनिए पनि अभियान अब आधा महिना मात्र सञ्चालन हुनेछ ।

अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू परिचालित हुनेछन् । राष्ट‍्रिय सभाको चुनावलाई लक्षित गरेर अभियान प्रभावित भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved