बालकुमारी घटना

सुर्खेतमा पनि ‘युवा विद्रोह’को प्रदर्शन, एक घण्टा चक्काजाम (तस्वीरहरू)

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर दुई युवाको मृत्यु भएको विरोध गर्दै सुर्खेतका युवाले पनि प्रदर्शन गरेका छन् ।

सुर्खेतमा पनि ‘युवा विद्रोह’को प्रदर्शन, एक घण्टा चक्काजाम (तस्वीरहरू)

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर दुई युवाको मृत्यु भएको विरोध गर्दै सुर्खेतका युवाले पनि प्रदर्शन गरेका छन् ।

उक्त घटनाको विरोधमा ‘युवा विद्रोह’ जनसंघर्ष समितिले यहाँ एक घण्टा चक्काजाम कार्यक्रम गरेको छ । सुर्खेतको वीरेन्द्रनगर बजारको यरीचौकबाट ¥यालीसहित मंगलगढी पुगेका युवाहरुले एक घण्टा चक्काजाम गरेका हुन् ।

शनिबारदेखि नै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ले प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायत माग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved