डिशहोममा सुपर हिट चलचित्र नाई नभन्नु ल ६ प्रदर्शनमा 

नेपालभ्युज

डिशहोममा सुपर हिट चलचित्र नाई नभन्नु ल ६ प्रदर्शनमा 

काठमाडौं । बर्सभरि रिलिज भएका सर्वाधिक (सुपर हिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र  एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवश हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत् सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् ।

आँचल शर्मा, आशीर्वाद बि क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदी कलाकारहरूको अभिनय रहेको सुपर हिट चलचित्र नाई नभन्नु ल ६ डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा पौष १३ गते देखि प्रदर्शन हुन गई रहेको छ ।

सिनेमा घर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलर दाई मार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ ।

३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरूले पाउन सक्नुहुनेछ ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमा घर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।

डिशहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved