बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने कुलमानको चेतावनी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने सबै उद्योगमा बिजुलीको लाइन काट्ने चेतावनी दिएका छन् ।

नेपालभ्युज

बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने कुलमानको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने सबै उद्योगमा बिजुलीको लाइन काट्ने चेतावनी दिएका छन् ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै प्राधिकरणका निर्देशक घिसिङले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने प्राधिकरणको रणनीति रहेको बताएका हुन् ।

‘अब हामीले विद्युत् लाइन नकाटीकन सम्भव छैन भन्ने भएपछि अन्तिम चरणमा आएर उद्योगीहरुको विद्युतको लाइन काट्न बाध्य भएका छौँ, हामीले ९ वटा उद्योगीहरुको विद्युत् लाइन काटेका छौँ’, उनले भने, ‘करिब ६१ वटा उद्योगीहरुको ट्रंक लाइन र डेडिकेटेड महसुल बाँकी छ । अब क्रमिक रुपले काट्दै जान्छौँ ।’

डेडिकेटेड तथा ट्रंक लाइनबारे विवाद बढेपछि घिसिङले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved