क्रिसमसको अवसरमा राष्ट्रप्रमुख तथा सरकारप्रमुखबाट शुभकामना

नेपालभ्युज

क्रिसमसको अवसरमा राष्ट्रप्रमुख तथा सरकारप्रमुखबाट शुभकामना

काठमाडौं । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा राष्ट्रप्रमुख तथा सरकारप्रमुखका साथै विभिन्न दलका नेताले शुभकामना सन्देश जारी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले क्रिसमस डेका अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् ।

उनले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन क्रिसमस डे ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।

उनले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचानलाई पर्वले एकताबद्ध बनाउने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि क्रिसमस डे का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved